११ कार्तिक २०८३, बुधबार

अटेरी प्रहरीका उच्च हाकिमहरूको अब पेन्सन कट्टा हुने

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ ।

गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कानूनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए । कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पेन्सन कट्टा हुने बताए ।

त्यस्तै गृहका अनुसार दुवै प्रहरी संगठनमा पाँचसय भन्दा धेरै सुरक्षाकर्मी घरेलु कामदारका रुपमा रहेका छन् । विगतमा बनेको सुरक्षा कार्यविधिअनुसार भूतपूर्व प्रहरी महानिरीक्षकले एक फलोअर्स, एक चालक र एक अंगरक्षक गरी तीन सुरक्षाकर्मी पाउँछन् ।

त्यस्तै अतिरिक्त महानिरीक्षकले एक जना सुरक्षाकर्मी मात्रै राख्न पाउँछन् । तर, पछिल्लो समय पूर्वडिआईजी र एसएसपीले पनि प्रहरीलाई घरेलु कामदार बनाएका छन् ।