११ कार्तिक २०८३, बुधबार

नयाँ सेनापति आए लगत्तै सेनाले अमेरिकासँग हतियार किन्ने, भारतलाई चिन्ता

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मातहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ ।

करीव १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो । एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्नेछ । कारोबार दैनिकले समाचार छापेको छ ।

करीव ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्नेगरी नयाँ हतियार किन्ने प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ। यी हतियार ‘जी–टु–जी’ प्रक्रियाअन्तर्गत अमेरिकाबाट सीधै हवाइमार्गबाट ल्याइनेछ ।