शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

विद्यासुन्दरलाई थपियो कठिन चुनौती, काठमाडौंको फोहोर निजी कम्पनीले नउठाउने

दैनिक नेपाल २०७५ असोज ६ गते ६:५२

काठमाडौं, ६ असोज । नुवाकोटको सिसडोलको विकल्प तयार नभए अन्तर्राष्ट्रिय कम्पनी नेपवेस्टले काठमाडौंको फोहोर नउठाउने संकेत दिएको छ ।

साउन पहिलो साता लगानी बोर्ड र कम्पनीबीच आगामी पुसदेखि काठमाडौंको फोहोर उठाउने जिम्मा दिने गरी आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । कम्पनीले हालसम्म काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकासँग समझदारीको कोसिस नै गरेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाबाहेक काठमाडौंका सबै स्थानीय निकायबाट उक्त कम्पनीले फोहोर उठाउने जिम्मा पाएको छ ।

अहिलेको ल्यान्डफिल साइट सिसडोल भरिसकेको र अर्को वैकल्पिक ल्यान्डफिल साइट तयार नभएकाले कम्पनीले फोहोर व्यवस्थापनको जिम्मा लिन अनकनाइरहेको काठमाडौं महानगरपालिकाका अधिकारीले बताए ।

कम्पनीले फोहोर प्रशोधन प्लान्ट बनाउन कम्तीमा तीन वर्ष लाग्ने र त्यति समयसम्म फोहोर उठाएर विसर्जनका लागि वैकल्पिक ल्यान्डफिल साइट बनाइदिन अनौपचारिक आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित