११ कार्तिक २०८३, बुधबार

१४ ठाउँमा नयाँ टिकट काउन्टर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । यातायात व्यवसायी र सरकारबीच आइतबार भएको वार्तामा व्यवसायीले ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउन सहमति गरेका थिए ।

त्यस्तै, यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर खोल्न सहमति जनाएको विभागका सूचना अधिकारी उपाध्यायले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘पुरानो बसपार्क, गौशाला, कलंकीलगायत उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर राख्ने सहमति भएको छ,’ उनले भने ।

तर, महासंघका अध्यक्ष कर्माचार्यले भने पाँच महिनादेखि रोक्का रहेका यातायात समितिका बैंक खाता खुले मात्र अग्रिम टिकट बुकिङ खुल्ने बताए ।

‘सरकारसँग सहजीकरणका लागि हामीले विभागलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘खाता नखुले अग्रिम टिकट बुकिङ खोलेर संकलित पैसा कहाँ राख्ने ?’