१२ कार्तिक २०८३, बिहिबार

सांसददेखि स्थानीय तह प्रमुखसम्म अध्यक्ष र सचिवको दाबेदार

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश र जिल्ला तहको पदाधिकारी पदका लागि संघीय संसद्का सदस्यदेखि गाउँपालिका अध्यक्षसम्म दौडमा छन् ।

एकीकरण अन्तिम चरणमा पुग्दै गर्दा थुप्रै सांसद र स्थानीय तहका कार्यकारी (प्रमुख–उपप्रमुख) अध्यक्ष र सचिवका दाबेदार देखिएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रमा जिल्ला अध्यक्ष र सचिव रहेका जनप्रतिनिधि पार्टीको पुरानै पदका लागि सक्रिय बनेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनीहरूलाई पार्टीमा दिइने जिम्मेवारीबारे नियमावली र केन्द्रीय सचिवालयको सर्कुलर मौन रहेकाले पुनः कार्यकारी पदका लागि सक्रिय रहेको एकीकरण कार्यदलका एक नेताले बताए ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ साउनमा जारी गरेको सर्कुलरअनुसार प्रदेश र जिल्ला एकीकरणका लागि बनेका कार्यदलले २५ साउनभित्र केन्द्रीय सचिवालयलाई नामावली बुझाउने तयारी गरिरहेका छन् ।

केन्द्र र प्रदेशमा सांसद तथा स्थानीय तहका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षलगायत जनप्रतिनिधि एकीकरणपछि बन्ने नेकपाको जिल्ला अध्यक्ष र सचिव बन्ने दौडमा छन् । प्रदेश ३ मा संघीय संसद्का सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद शान्ति पौडेल, मनु सिग्देल, भूमि त्रिपाठी, गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, दिननाथ गौतमलगायत जिल्ला अध्यक्ष वा सचिव पदको दाबेदार छन् ।

त्यस्तै, प्रदेश–५ मा प्रदेश सांसद चेतनारायण आचार्य दाबेदार देखिएका छन् । मेयरमा निर्वाचित मधुकृष्ण पन्थी र शिवप्रसाद सुवेदी पनि दाबेदार छन् । अन्य प्रदेशमा पनि थुप्रै जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवको दाबेदार रहेको कार्यदल सदस्यहरू बताउँछन् ।