२१ कार्तिक २०८३, शनिबार

साहित्यकार न्यौपानेको ‘यो शहर’ सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० साउन । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेले कविता संग्रह विमोचन गरेका हुन् ।

विगत तीन वर्षदेखि प्यारालााईसिस र अन्य रोगले ग्रसित साहित्यकार लामिछानेको सम्मान स्वरुप साहित्यकार र संचारकर्मीको टोली उनकै घरमा पुगेको थियो ।

विमोचन पछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकम मध्ये नगद रु. १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गरे ।