२१ कार्तिक २०८३, शनिबार

चितवनमा भ्यान दुर्घटना, एकको मृत्यु, १० घाईते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० साउन । भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आईतबार मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ । गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को ‘म्याजिक भ्यान’ अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । –रासस