१२ कार्तिक २०८३, बिहिबार

पेपरलेस मन्त्रिपरिषदः प्रधानमन्त्रीको चेतावनीपछि राजी भए मन्त्री

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ ।

मन्त्रिपरिषद् बैठकलाइए पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा मन्त्रीहरूले ध्यान नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै सचेत गराएका थिए । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको दुई महिनापछि दुईपटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक बसिसकेको छ । आजको कान्तिपुरमा समाचार छ ।

यो अवधिमा ल्यापटप चलाउन नजानेकै भरमा कुनै मन्त्रीको पद गुगेको त छैन बरु उनीहरू प्रधानमन्त्री कार्यालयको योजनामा राजी भएका छन्। ‘मन्त्रिपरिषद् कार्यालयलाई पेपरलेस बनाउने योजना सुरुमा मन्त्रीहरूले मानेका थिएनन्, प्रधानमन्त्रीका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीको चेतावनीपछि उनीहरू सहमत भए।’