विराटनगर, १८ साउन । संगठित सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले उच्च अदालतमा निवेदन दिन थालेका छन् ।
जिल्ला अदालत मोरङको आदेश उल्ट्याउन गर्न माग गर्दै बुधबारसम्म ३० अभियुक्तले उच्च अदालतमा निवेदन दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने जिल्ला अदालतको आदेश कानुनअनुसार नभएको उनीहरूको जिकिर छ । निवेदन दिनेमा थुनामा रहेका २९ र धरौटीमा छाडिएका एक अभियुक्त छन् । जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै अदालतको बन्दोबस्तीको नियम १७ अनुसार उनीहरूले निवेदन दिएका हुन् ।
गत १८ फागुनमा मोरङको उर्लाबारी नगरपालिका– १ स्थित जंगलमा उर्लाबारी– ७ का सनम शाक्यको हत्या गरिएको थियो । हराएको साढे ३३ किलोग्राम सुन पत्ता लगाउने क्रममा गोरे भनिने चूडामणि उप्रेतीको समूहले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
सनमको शव १९ फागुन बिहान विराटनगर– ३ पोखरियामा जिपभित्रबाट प्रहरीले बरामद गरेको थियो । त्यसपछि गृह मन्त्रालयले विशेष छानबिन टोली गठन गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे विशेष अनुसन्धान थालेको थियो ।














प्रतिक्रिया