१२ कार्तिक २०८३, बिहिबार

निरु पाल प्रकरणमा राज्य शक्तिको दुरुपयोगः पूर्वएआईजी

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्रसिंह भण्डारी,
पूर्वएआईजी, नेपाल प्रहरी

काठमाडौं, १८ साउन । सांसद निरुदेवी पालमाथि पेस्तोल दाग्दै ज्यान मार्ने धम्की दिएको सुनेँ । सर्सर्ती हेर्दा घटना गम्भिर नै देखिन्छ ।

यस्ता घटना गोप्य ढंगले अनुसन्धान गरिनुपर्थ्यो । तर, केहीबेरको सेन्टिमेन्ट तान्ने हिसाबले प्रहरी अनुसन्धान प्रेरित भएको देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसो त प्रहरीले घटनाको २४ घण्टा नबित्दै ९० जना पक्राउ गरेको पनि सुनेँ । यो राज्य शक्तिको चरम दुरुपयोग हो । यस्ता अनुसन्धान आउटडेटेड भइसके । तर, नेपाल प्रहरीले अझै यो विधि अपानाइरहेको छ । यो गलत तरिका हो । यसले अपराध नियन्त्रण गर्दैन । बरु बढाउँछ । किनभने यसले निर्दोशमाथि बदलाको भाव सृजना गराइदिन्छ ।

काठमाडौं शहर प्रविधिमैत्री पनि छैन । सिसी टिभीको त कुरै छाडौं, सडक बत्तिसम्म राख्न सकिएको छैन । यसले अपराधीलाई सजिलो बनाएको छ । घटना गराएर अपराधी फरार हुन सक्छ । उनीहरुलाई ट्रेसिङ गर्ने हामीसँग कुनै संयन्त्र छैन । यसकै फाइदा लिंदै अपराध बढिरहेको छ ।