१२ कार्तिक २०८३, बिहिबार

न्यायाधीश कुलप्रसाद शर्मालाई कारबाहीको माग, न्यायपरिषदमा उजुरी दर्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहीको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गराकी छिन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गरेकी हुन् ।

अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा हत्याका आरोपी न्यायिक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश शर्माले साउन २० मा तोकिएको पेशिमा फैसला नै हुन्छ भनि न्यायिक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतको प्रभावमा परी कानून विपरित मुद्दामा कार्वाही गर्ने गरी पत्रकार सम्मेलन गरेकोले न्यायपरिषद् ऐन २०७३ को दफा ११ को उपदफा (१) को देहाय (च) को आधारमा यो उजुरी निवेदन दिन वाध्य भएको गंगामायाले जनाएकी छन् ।