१२ कार्तिक २०८३, बिहिबार

तनहुँका पराजुली र काठमाडौंका जोशी, एसएलसी वीरगन्जको एउटै विद्यालयबाट

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । उमेर र शैक्षिक प्रमाणपत्रको विवादमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले असामयिक अवकाश लिनुप-यो ।

तर, पराजुलीको बिदाइसँगै कायममुकायम जिम्मेवारी लिएका र प्रधानन्यायाधीशमा प्रस्तावितसमेत भएका दीपकराज जोशीसमेत शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पराजुली तनहुँका हुन् भने जोशी काठमाडौंका । आश्चर्य १ दुवैले वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा पास गरेको प्रमाणपत्र पेस गरेका छन् ।

अझ दुवैले एउटै साल अर्थात् २०२९ मा तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । तर, आश्चर्य, एउटै विद्यालयका र एउटै ब्याचका पराजुलीको सिम्बोल नं. ११७ छ भने जोशीको ३६६७ छ ।

जोशीले नेपाल ल क्याम्पसबाट आइएल पास गरेको प्रमाणपत्र पेस गरेका छन् । तर, सो प्रमाणपत्रमा उनले प्रवेशिका परीक्षा नेपाल राष्ट्रिय विद्यापीठबाट होइन, विजय मेमोरियल स्कुलबाट पास गरेको उल्लेख छ ।

विजय मेमोरियलको सिम्बोल नं. पनि ३६६७ नै उल्लेख छ । त्यसैले जीवनको सबैभन्दा महत्वपूर्ण परिस्थितिमा जोशी आफ्नै प्रमाणपत्रको जालोमा फसेका छन् ।