काठमाडौं, १५ साउन । सत्तारूढ नेकपाबाट संसदीय सुनुवाइ समितिमा रहेका नौ सांसदले बैठकअघि पार्टीका नेतासँग छलफल गरे ।
संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी उपनेता सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता हरि फुँयाल, अधिवक्ता टीकाराम भट्टराई, नेकपाका प्रमुख सचेतक देव गुरुङ र नेकपाबाट सुनुवाइ समितिमा रहेका सदस्यबीच छलफल भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्रोतका अनुसार त्यसअघि समिति सदस्यले प्रधानमन्त्री एवं दलका नेता केपी ओलीसँग पनि छलफल गरेका थिए । विभिन्न चरणका छलफलपछि सके सर्वसम्मत नभए दुईतिहाइबाट अस्वीकृत गर्ने निर्णयमा नेकपा पुगेको हो ।
‘कांग्रेसको पनि सहमति लिएर सर्वसम्मतिले अस्वीकृत गर्ने भन्ने निष्कर्षमा पुगियो । कांग्रेस नआए पनि दुईतिहाइ सत्तापक्षसँग छ,’ सत्तारूढ दलका एक सांसदले भने ।














प्रतिक्रिया