काठमाडौं, १४ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइ सकिएको चार दिनसम्म पनि संसदीय सुनुवाइ समिति निर्णयमा पुग्न सकेको छैन ।
सुनुवाइ सकिएपछि दुईपटक समितिको बैठक विषयमा प्रवेशै नगरी स्थगित भयो । विगतमा सुनुवाइ सकिएकै दिन निर्णय हुन्थ्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कायममुकायम प्रधानन्यायाधीश जोशीसँग बिहीबार सुनुवाइ समितिले झन्डै चार घन्टा सुनुवाइ गरेको थियो । पर्याप्त छलफलको आवश्यकता औँल्याउँदै भोलिपल्ट (शुक्रबार दिउँसो ३ बजे) बैठक बोलाइयो । शुक्रबारको बैठक आइतबारसम्म स्थगित गरियो ।
सांसदहरूको कार्यव्यवस्थाको कारण देखाउँदै आइतबार पनि बैठक बस्न सकेन, बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
ज्येष्ठ सदस्यका रूपमा बैठकको अध्यक्षता गरेका लक्ष्मणलाल कर्णले जोशीमाथि परेका उजुरी तथा शैक्षिक प्रमाणपत्रबारे समेत छलफल गरिरहेको बताए ।
उनले भने, ‘सांसदहरूको कार्यव्यस्तता पनि छ । अर्कोतर्फ उहाँको सुनुवाइ त सकियो, तर अनुमोदन गर्ने कि नगर्ने निर्णयमा पुग्नुअघि छलफलमै छौँ ।’














प्रतिक्रिया