१२ कार्तिक २०८३, बिहिबार

४ पुल बन्दै, १४ को टुंगो छैन, पहिरोले सताउन छाडेन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । सडक ७ मिटर बने पनि पुल भने साँधुरा नै छन् । पुलको चौडाइ पुरानै सडकबराबर अर्थात् साढे ५ देखि ६ मिटर मात्रै छ ।

यस सडकखण्डमा कुल १८ वटा पुल छन् । त्यसमध्ये यही परियोजनाअन्तर्गत चार ठाउँमा पुरानो पुलको समानान्तर हुने गरी नयाँ पुलसमेत निर्माण हुँदै छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, बाँकी १४ वटा पुल निर्माणको टुंगो भने अहिलेसम्म नलागेको आयोजनाका संयोजक श्रेष्ठले जानकारी दिए ।

पुल परियोजनाका लागि करिब २ अर्ब ४० करोड रुपैयाँ (२२ मिलियन अमेरिकी डलर) लगानी आवश्यक पर्ने उनको भनाइ छ । सरकारले परियोजनामा लगानी गर्न विश्वबैंकलाई अनुरोध गरिसकेको जानकारी पनि श्रेष्ठले दिए  ।

पुल परियोजनामा समेत लगानीका लागि तयार रहेको विश्वबैंकका नेपाल प्रबन्धक हदाद–जर्वोसले बताए । ‘सडकको स्तरोन्नतिसँगै पुलको पनि स्तरोन्नति गर्नुपर्ने थियो,’ उनले भने, ‘तर, त्यसवेला स्रोतको कमी भएका कारण लगानी गर्न कठिन भयो । अब पुलमा थप लगानी गर्न हामी तयार छौँ ।’

थप पुल निर्माण गर्दा पुनः बाटो बन्द भई सर्वसाधारणलाई सास्ती नहोस् भन्नेतर्फ गम्भीर रहेको उनले बताए ।

उनले भने, ‘पुराना पुल भत्काएर नयाँ बनाउने होइन, समानान्तर रूपमा बनाउने हो । त्यसो हुँदा राजमार्गमा अवरोधविना नै पुल बनाउन सकिन्छ ।’ आयोजना सुरु भएको २ वर्षमा पुल निर्माण सकिने पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए ।

राजमार्ग निर्माण सकिए पनि बर्खा लागेपछि पटक–पटक पहिरो गएर समस्या परिरहेको छ । यसबीचमा ५ ठाउँमा ठूलो पहिरो गएको आयोजना प्रमुख बिसुरालले जानकारी दिए । ‘तर, पहिरो सफा गर्न डोजर तथा स्काभेटरहरू तयारी अवस्थामा राखिएकाले राजमार्ग लामो समय अवरोध भने हुँदैन,’ उनले भने, ‘तत्काल खुलाइहाल्र्छौं ।’ एक ठाउँमा भने करिब ३० मिटर सडक भासिएको छ ।

पहिरो नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिए पनि बर्खा सुरु भएपछि समस्या आएको परियोजना हेरिरहेका विश्वबैंकका वरिष्ठ पारवहन विशेषज्ञ दीपक श्रेष्ठले बताए । सडक विभागले यो समस्यालाई दीर्घकालीन समाधान गर्न भौगर्भिक अध्ययन गर्न विज्ञ टोली पठाइसकेको विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले जानकारी दिए । उनले सडक भासिनुको कारण पनि खोजी गरिरहेको जानकारी दिए ।