१२ कार्तिक २०८३, बिहिबार

१७ पटक हार्‍यो भने तर, मैले एकपल्ट मात्रै उम्मेदवारी दिएको हुँ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । यता संसद्मा पनि १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो र पराजित हुनुभयो । यसले देशको संसदीय इतिहासमै नकारात्मक उदाहरण बनायो नि ?

रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस

यसमा त साँच्चिकै भन्ने हो भने त्यतिवेलाको संसद् र सभामुख सुवास नेम्वाङ मुख्य जिम्मेवार छन् । मैले त एकपटक मात्रै प्रधानमन्त्रीको उम्मेदवार बन्न दरखास्त दिएको हुँ । मेरो दरखास्तलाई १७ पटकसम्म उनले निर्णयमा नपु-याएर अनेक किसिमका जालसाजी गरे ।

आफैँ विभिन्न किसिमका नियम बनाउने, तर पनि टुंगोमा पु-याउन नसक्ने काम भयो । यो सबैमा त्यतिवेलाका सभामुखको बदनियत देखियो ।

सभामुखले एक जना(प्रचण्ड)ले छाडिसकेको र एक उम्मेदवार मात्रै बाँकी रहेकाले कसकाविरुद्ध कसलाई चुनाव लडाउने भन्ने ढंगले रुलिङ गर्नुपथ्र्यो । उहाँले मलाई निर्वाचित घोषणा गर्नुपथ्र्यो । तर, गर्नुभएन ।

मैले त ‘यसलाई छिटो निर्णयमा पु-याउ’ भनेको हुँ । मैले मात्रै होइन, पछि त अदालतले भनेको पनि उहाँले टेर्नुभएन । कल्याण श्रेष्ठको इजलासले ‘एक (उम्मेदवार) भनेको एकै हो’ भनेर निर्णय दिँदा पनि सभामुखले अनेक कुरा गरेर अल्झाउनुभयो । त्यसकारण त्यो घटनामा सभामुखको नै छलकपट र षड्यन्त्र देखिन्छ ।

हाम्रो पार्टीका साथीहरूलाई ठूलो दोष लगाउने कुरा त केही छैन, सबैले भोट दिनुभएकै थियो । तर, त्यतिखेर जति गम्भीर हुनुपथ्र्यो, ‘रामचन्द्रजीलाई यस्तो गर्ने’ भनेर जति सक्रियता देखाउनुपथ्र्यो, त्योचाहिँ नभएकै हो । त्यसमा पार्टीले सहयोग नगरेकै हो । नयाँ पत्रिका दैनिकबाट साभार