काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेविसंघले झापा बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाइँलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुुरी दिएको छ । नयाँ पत्रिका दैनिकले समचार छापेको छ ।
‘बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक पदमा रहेका दुर्गा प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने’ भन्ने गलत अभिव्यक्तिले महिलाको अस्मितमा धावा बोलेको भन्दै उनीहरूले आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै आयोगमा चारबुँदे उजुरी दिएका हुन् ।
संघकी केन्द्रीय सदस्य जानुका पन्तले बुझाएको उजुरीपत्रमा प्रसार्इंलाई महिलाको चरित्र हत्या गर्ने किसिमले पत्रकार सम्मेलन गरी त्यस्तो अभिव्यक्ति दिने छुट कुनै कानुनले नदिएको भन्दै आवश्यक अनुसन्धान गरी उनीमाथि कानुनअनुसार कारबाही अगाडि बढाउन आग्रह गरिएको छ ।
साथै, कानुनमन्त्री शेरबहादुर तामाङले माफी माग्दै पदबाट राजीनामा दिए पनि आफूले बोेलेको स्वीकार नगरेको भन्दै उनलाई पनि कारबाही गर्न आयोगसमक्ष संघले माग गरेको छ ।
नेविसंघ केन्द्रीय सदस्य जानुका पन्तले आफ्नो नेतृत्वको टोलीमा नमराज त्रिपाठी, विद्यार्थी नेताहरू तुलसा पन्त, सुमधुर बराल, फोड्स अध्यक्ष सुवास घिमिरेसहितका नेताहरू महिला आयोग पुगेर प्रसाईं र तामाङलाई कारबाहीको माग गरेको जानकारी दिइन् ।














प्रतिक्रिया