१२ कार्तिक २०८३, बिहिबार

विधानका कारण नेकपाभित्र तरंग,नेपाल असन्तुष्ट, गौतमको खण्डन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान र नियमावली प्रकाशनलगत्तै नेताहरूले असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय सचिवालयमा प्रस्तुत सुझाब, छलफल र सहमतिविपरीत विधानमा केही व्यवस्था हटाइएको र केही थपिएकोमा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सचिवालय सदस्य वामदेव गौतमले भने विधानबाट ७० वर्षको उमेर हद हटाउन आफ्नो कुनै भूमिका नरहेको स्पष्टीकरणसहितको खण्डन सार्वजनिक गरेका छन् ।

धारा ४४ (ख) मा प्रस्तावित केन्द्रदेखि जिल्ला तहसम्मका पदाधिकारी एउटा पदमा दुई कार्यकालभन्दा बढी नरहने भन्ने व्यवस्था हटाएर विधान प्रकाशन गरिएकोमा वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट छन् ।

७ साउनमा नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा नेपालले विधानको उक्त व्यवस्था हटाइएकोमा असन्तुष्टि जनाएका हुन् ।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले पार्टीको विधानबाट ७० वर्षको उमेर हद हटाउने काममा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

बुधबार वक्तव्य नै प्रकाशित गरेर गौतमका तर्फबाट पत्रकार विश्वमणि सुवेदीले भनेका छन्, ‘विधान तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदल बनेका थिए ।