१२ कार्तिक २०८३, बिहिबार

यो संवैधानिक निकाय एनजिओको पैसाले चुर्लुम्म डुब्यो, बन्यो निकै बद्नाम

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । राष्ट्रिय महिला आयोगमा गैरसरकारी संस्थाको हावी भएपछि क्षेत्राधिकारका सवालमा आयोग निकै खुम्चिएको छ ।

देशैभर कार्यक्षेत्र रहेको आयोग गैरसरकारी संस्थाको दबदबामा परेपछि सीमित जिल्लामा खुम्चिन पुगेको हो । नेपाल समचार पत्र दैनिकले खबर छापेको छ ।

देशैभर महिला अधिकारका विषयमा काम गर्ने गरी संवैधानिक आयोगका रुपमा राष्ट्रिय महिला आयोग गठन गरिएको थियो ।

यस आर्थिक वर्षमा महिला आयोगसँग ३ करोड रुपियाँ बजेट छ । तर, आयोगसँगै मिलेर काम गर्ने भनी विश्व बैंकको सहकार्यमा सञ्चालन भएको सम्बोधन नामक परियोजनासँग १३ करोड रुपियाँ बजेट छुट्याइएको छ । जुन रकम तीन बर्षमा सक्ने गरी विनियोजन गरिएको हो । आयोगका एक कर्मचारीले भने, ‘दौडिने पनि भन्ने अनि खुट्टा बाँधेर राख्ने ।’

आयोगले भने आफूहरूले देशैभर काम गरिरहेको बताउँछ । आयोगका कानून अधिकृत निर्मला गुरुङले कर्मचारीको संख्या न्यून रहे पनि सवै जिल्लामा आफूहरूले काम गरिरहेको बताउँछिन् ।