काठमाडौं, ९ साउन । बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राहरूबारे दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
घोषणा गरेका तामाङले लगत्तै प्रधानमन्त्री ओलीलाई राजीनामापत्र बुझाएका हुन् । सोमबार साँझ ६ बजे मन्त्री तामाङ पत्नी उषाकला राईसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । त्यहाँ नेकपाको सचिवालय बैठक चलिरहेको थियो ।
उनलाई मन्त्रीबाट फिर्ता बोलाउने विषयमा बैठकमा पनि छलफल भयो । लगत्तै अध्यक्षद्वयले सल्लाह गरेर मन्त्री तामाङलाई राजिनामा गर्न निर्देशन दिएका थिए ।
मंगलबार दिउँसो मन्त्रालयका उच्च अधिकारीहरूले तामाङको कार्यकालमा भएरगरेका कामको विज्ञप्ती तयार गरिदिएका थिए । राजीनामाको विज्ञप्ती भने उनी आफैले तयार गरेका थिए ।
आइतबार तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्राहरू सर्टिफिकेट लिन आफूलाई सुम्पिनुपर्ने अवस्थामा रहेको अभिव्यक्ति दिएका थिए ।
लगत्तै चर्को आलोचना भएपछि सोमबार विज्ञप्ती निकालेर उनले माफी मागेका थिए । तर, आलोचना नरोकिएपछि अध्यक्षद्वयको निर्देशनमा उनले राजीनामा दिएका हुन् ।














प्रतिक्रिया