१२ कार्तिक २०८३, बिहिबार

रुट लिएर सञ्चालन गर्नु गैरकानुनी होइन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारील अहिले रुट अनुमति लिएर सञ्चालन भइरहेका सवारीसाधन कानुनी रूपमा वैध भएको बताए । ‘तिनलाई सरकारले नया“ निर्णय वा कानुन व्यवस्था नगरेसम्म गैरकानुनी हुँदैनन्,’ उनले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

रघुवीर महासेठ, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

निर्देशिकाबाट भन्दा पनि मन्त्रालयले नयाँ निर्णय गरेर अहिलेको अवरोधलाई अन्त्य गरिनेछ । निश्चित अवधि तोकिनेछ र उक्त अवधिभित्र जहिले रुट अनुमति लिएका सवारीसाधन भए पनि कम्पनीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ । अहिले स्वतन्त्र छोडिएका सवारीसाधनलाई पनि कम्पनी दर्ता गर्नुपर्ने गरी व्यवस्था गर्दै छौँ ।