१२ कार्तिक २०८३, बिहिबार

आजबाट काठमाडौको फोहोर व्यवस्थापन हुने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ७ साउन । करिब तीन सातादेखि रोकिएको उपत्यकाको फोहोर व्यवस्थापन सुचारु भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले आज सोमबारभित्र राजधानीको फोहोर व्यवस्थापन भइसक्ने दाबी गरेको छ ।

सिसडोल ल्लायन्डफिल साइटको बाटो बिग्रिएको कारण फाहोर व्यवस्थापन कार्यमा समस्या आएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले लगातार पानी परेको कारण सिसडोलामा फोहोर व्यवस्थापन गर्न समस्या भएको जानकारी गराए । उनले पानी पर्ने क्रम रोकिएसँगै उपत्यकाको फोहोर व्यवस्थापन सहज भएको बताए ।

तर, टेकुस्थित एक मात्र ट्रान्सफर स्टेसन फोहोरले भरिएको छ । ट्रान्सफर स्टेसनमा फोहोर भरिए पनि उपत्यकाको शहरको फोहोर संकलन गरिएको बताए । ‘ट्रान्सफर स्टेसनको केही दिन लाग्न सक्छ, आजसम्म राजधानीको सडकको फोहोर उठाइसक्नेछौं’ –उनले भने । कामपाले दैनिक करिब ५ ट्रक फाहोर व्यवस्थापन गरिरहेको छ ।

फोहोरले पूर्ण रुपमा भरिएको सिसडोल ल्यान्डफिल साइटको अवस्था बिग्रँदै गएको छ । यही अवस्थामा फोहोर व्यवस्थापन भए करिब तीन महिनामा ल्यान्डफिल साइट पूर्ण रुपमा भरिनेछ । सरकारले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको कारण वर्षात्मा दैनिकजसो समस्या पर्दै गएको छ । कति दिन फोहोरको डंगुरमा बाटो बनाउँदै फोहोर व्यवस्थापन गर्ने ? यस्तो गम्भीर विषयमा सरकारले ध्यान नदिए समस्या पर्ने देखिएको विभागीय प्रमुख कुँवरले बताए ।