१२ कार्तिक २०८३, बिहिबार

भिसा लागिसकेका नेपाली कामदार मलेसिया जान पाउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट ‘भिसा स्ट्याम्पिङ्’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान स्वीकृति दिने भएको छ ।

सरकारको यो निर्णयसँगै अन्तिम श्रम स्वीकृति प्राप्त बाहेकका सबै प्रक्रिया पूरा गरेपनि मलेसिया जान नपाएका करिब ४ सय कामदार लाभान्वित हुनेछन् । त्यसबाहेक बाँकीको भने इन्ट्री भिषाको म्याद नै सकिएको छ ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भिसा लागिसकेका कामदारलाई मलेसिया जान दिने निर्णय गरेको हो ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०७५ जेठ २ गतेको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएको मितिसम्म भिषा स्ट्याम्पिङ् भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिइने व्यवस्था मिलाइएको छ ।’

सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असुली रोक्न दबाव दिने र कारवाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबैखाले कामदारको श्रम स्वीकृति रोकेको थियो । जसका कारण पैसा तिरेर पनि विदेश जान नपाउँदा केही कामदार थप मर्कामा परेका थिए ।