विराटनगर, ६ साउन । घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ ।
विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्याउन थालिएको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
उर्जा मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्ध केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढ वर्षपछि यसको परीक्षण सुरु भएको छ ।
विश्व बैङ्कको ८४ लाख रुपैयाँको सहयोग र गौ सदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको छ ।
यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । तत्कालीन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।














प्रतिक्रिया