१२ कार्तिक २०८३, बिहिबार

डा.केसी अनशन बसेको अस्पतालका निमित्त निर्देशकद्वारा राजीनामा

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्राध्यापक डा दीपकप्रकाश महराले पदबाट राजीनामा दिएका छन् । शुक्रबार डा महराले पदबाट राजीनामा दिएको बताएका हुन् ।

केही दिनअघि चारवर्षे कार्यकाल सकिएका महरालाई सरकारले अर्को व्यवस्था नहुँदासम्म भन्दै तीन महिना म्याद थपेको थियो ।

तर, डा केसीले शिक्षण अस्पतालमा पुनः अनशन सुरु गरेपछि उनले राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आन्दोलनका कारण स्वास्थ्य संस्था धराशायी बन्ने भएपछि उनले राजीनामा दिएको जानकारहरू बताउँछन् ।

डा महराले भने पारिवारिक कारणले राजीनामा दिएको बताएका छन् । तर, महराले विगतदेखि नै स्वास्थ्य संस्थामा आन्दोलन गर्न नहुने भन्दै केसीको अनशनप्रति फरक मत राख्दै आएका थिए ।