१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीलाई अफ्ठ्यारो पर्ने गरेर प्रचण्डले दिए खतरनाक अभिव्यक्ति !

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले बताएका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. केसीका माग जायज भएको बताएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ’, दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने । माग जायज भए पनि मुलुकमा संसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।