१२ कार्तिक २०८३, बिहिबार

सरकारलाई समर्थन गरेको दलले कांग्रेसलाई दियो सहयोग गर्ने आश्वासन

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार नै केसीको माग पूरा गराउने सन्दर्भमा राजपा नेताहरूसँग पनि सहयोग मागेका छन् ।

अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, महेन्द्र राय यादवसहितका नेतासँग देउवाले छलफल गरेका हुन् ।

केसीका जायज माग र जीवन रक्षाका लागि आफूहरू पनि लाग्ने उनीहरूले बताएको खाणले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिन तयार रहेको उनीहरूको भनाइ थियो । आफूहरूले वर्तमान सरकारलाई समर्थन गरे पनि केसीको मागका विषयमा सरकारले गर्ने निर्णयपछि आफूहरू एउटा निर्णयमा पुग्ने राजपा नेताहरूले बताएका थिए ।