१२ कार्तिक २०८३, बिहिबार

दुई चरण वार्ता, बनेन सहमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन सकेन । सोमबार पनि दुई पक्षबीच छलफल भएको थियो ।

दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस भएका छैनन् । एकले अर्कोलाई गलाउने रणनीतिमा दुवै पक्ष देखिन्छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उता, १८ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा। गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।

उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ । रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ ।

सरकारी वार्ता टोलीसँग तीन चरण वार्ता गरिसकेको डा। केसी पक्षले वार्ता सकारात्मक दिशामा अगाडि नबढेको बताएको छ ।

केसीका मागबारे सरकार पक्ष कुरै गर्न नचाहने र अनशन तोडाउन मात्रै केन्द्रित रहेको उसको आरोप छ । वार्ताका नाममा सरकारले आफूहरूलाई अलमल्याएर ‘पेन्डुलम’ बनाउन खोजेको डा। केसीका सहयोगी प्रितम सुवेदीले बताए ।