१२ कार्तिक २०८३, बिहिबार

राजदूतसँग गृहमन्त्री लम्पसार

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । गृहमन्त्री रामबहादुर थापाले गर्ने कामहरू शुरूमा निकै उत्साहप्रद थिए । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट हटाउने, कामचोर ठेकेदारलाई कारवाही गर्ने तथा एनजिओ आइएनजिओलाई कारवाही गर्ने जस्ता विषयमा उनले देखाएको सक्रियताप्रति सर्वसधारण मात्र होइन त्यसक्षेत्रमा काम गर्ने इमानदार कर्मचारीहरूले समेत उनको प्रंशसा गरेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तर उनी मन्त्री भएपछि भएका यी काम निकै सकारात्म भए पनि त्यसको प्रभाव भने पर्न नस्क्दै उनले जानेर वा नजानेर अर्को कुटनीतिक गल्ती गरेका छन् ।

एकहप्ता अघि गृहमन्त्री रामबहादुर थापालाई विशेष कामले भेट्न पुगेका भारतीय राजदूत मञ्जितसिंह पुरीसँग गृहमन्त्रीले आफ्नो मुलुकबाट सुन तस्करी भैरहेको त्यसलाई रोक्न भारतले सहयोग गर्नुप¥यो भन्दै लम्पसार नै परे ।

उनले कुटनीतिक रूपमा भारतीय सीमा सुरक्षा बलको सहयोग मागेका कारण सीमा भारतीय सुरक्षा बलको थप मद्दतसहित उपस्थित हुने अवस्था आएको छ । गत विहीबार भएको भेटमा राजदूतसिंहसँग आफ्नो प्रोटोकल विर्सेर गृहमन्त्री थापाले यस्तो याचाना गरेका हुन् ।

जबकी नेपालमा भन्दा बढी भारतमै तस्करी हुने गरेको भएपनि ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणले उब्जाएको प्रश्नलाई उनले भारतसँग सहयोग मागेर मुलुुकको कमजोरीलाई सहजै उजागार गरिदिए ।

त्यतिमात्र होइन उनले नेपाल प्रहरीलाई बनाइदिने भनेको एकेडेमीको विषयमा पनि कुरा उठाएर मन्जितसिंहलाई त्यहाँ लज्जित नै बनाएका थिए । जबकी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा त्यो विषयले ठूलै महत्व पाएको थियो । मन्जितसिंह भने आफ्ना नागरिकहरूले नेपालमा असुरक्षित महसुस गरेको भन्दै गृहमन्त्रीसँग सहयोग माग्न मन्त्रालय पुगेका थिए ।

तस्करी गरेको नाममा भारतीय नागरिकहरूलाई नेपाल प्रहरीले तराईका जिल्लामा दुख दिएको भन्दै राजदूत पूरीले नेपाल सरकारसँग सहयोगको याचाना गर्न नपाउदै गृहमन्त्रीले भने नेपाल सरकारले भारत सकारसँग माग्नुपर्ने विषय उपसचिवस्तरको कर्मचारस्सँग मागेर भारतीय राजदूतको भाउ बढाएदिएका थिए ।

यतिबेला रामबहादुर थापाको उत्साहपूर्ण कार्यशैली विस्तारै निराशामा परिणत हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री थापाले सुरू गरेको अभियानलाई सकारात्मकरूपमा हेरिएको थियो । गृहमन्त्री बन्नासाथ कडा रूपमा प्रस्तुत भएका थापाले मुलुकबाट गुण्डागर्दी, तस्करी र भ्रष्टाचारीलाई ठेगान लगाउने बताएर यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट हटाउन जमर्को गरेका थिए । त्यसपछि आइएनजिओ र एनजिओमा आबद्धहरूको विवरण संकलन गर्दै कारवाही गर्नेसमेत बताएका थिए ।

कामचोर निर्माण व्यवसायीहरूलाई जिल्ला प्रशासनमार्फत् सूची मगाएर कारबाही प्रक्रिया शुरू गरेका थिए । गृहमन्त्रीको यो कदमले मुलुकले अब काँचुली फेर्ने र सुशासन प्राप्त गरी विकृति एवं विसंगति अन्त्य हुने सर्वसाधारणले आशा गरेका थिए । भ्रष्टाचारको जरा उखेलिने आशा विस्तारै निराशामा परिणत हुन थालेको छ ।

यातायात क्षेत्रमा झन् अराजकता बढेको छ भने कामचोर ठेकेदारहरूको पक्षमा सरकारकै मन्त्री उभिएपछि अवस्था ज्युँका त्युँ रहेको छ । शान्तिसुरक्षा र हतियारको विगविगी यद्यपी कायमै छ । कर्मचारीतन्त्रमा भ्रष्टाचारीहरूको हालिमुहाली कायमै छ । प्रहरीको सरूवा बढुवा पनि सन्तोषजनक देखिएको छैन भने माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर झन गृहमन्त्रालय र गृहमन्त्रीको कदलाई होचो बनाएको छ ।

वीर अस्पतालका एक जना डाक्टरलाई गृहमन्त्रालयमै बोलाएर दिएको धम्कीले उनी निकै आलोचित समेत भएका छन् ।
यसरी नेपाली जनताले गृहमन्त्री थापाबाट अपेक्षा गरेको सुधारका कामहरूमा धमिरा लाग्न थालेपछि जुन जोगी आए पनि कानै चिरेको भन्न थालिएको छ । अहिले गृहमन्त्री थापा टाक्सफोर्स बनाएर अघि बढ्ने योजनामा रहेको स्रोतले बताएको छ । दबाब र घेराबन्दीको मानसिकताबाट मुक्त नहुने हो भने गृहमन्त्री थापा पनि विगतका गृहमन्त्रीहरू जस्तै हुने संकेत बढिरहेको छ ।