१२ कार्तिक २०८३, बिहिबार

उत्कृष्ट डीएसपी क्षेत्रीका काठमाडौंमा काण्डैकाण्ड

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी प्रदीप क्षेत्री एकपछि अर्को काण्डका विवादमा मुछिन थालेका छन् ।

वर्षको उत्कृष्ट प्रहरी अधिकृत घोषित भएका डिएसपी क्षेत्री कहिले लागूऔषधका फरार अभियुक्तसँगको साँठगाँठ त कहिले बरामद मोबाइल लुकाएको आरोप त कहिले ठगसँगको संगतको विवादमा तानिएका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

लागूऔषधका फरार अभियुक्तसँग साँठगाँठ गरी निर्दोषलाई फसाएको भन्दै उनीविरूद्ध गृहमन्त्रालयमा उजुरी समेत परेको थियो । तर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पहुँचकै आधारमा बर्षको उत्कृष्ट अधिकृत घोषण गर्दै पचास हजार पुरस्कार समेत प्रदान गरेको छ ।

डिएसपी क्षेत्रीले गत महिना लागूऔषधका फरार अभियुक्तलाई पटकपटक आफ्नै कार्यालयमा डाकेर मिलोमतो गरेको सूचना आयुक्तले पाएपछि छानबिन गरेको थियो । लागूऔषधका नाममा सर्वसाधारणलाई षड्यन्त्रपूर्वक फँसाइएको भन्दै पीडितका अभिभावकले विभिन्न निकायमा डिएसपीविरूद्ध उजुरी गरेका थिए । तर पहुँच कै आधारण उनी बच्दै आएका छन् ।

कालीमाटी स्रोतका अनुसार क्यासिनो, होटेल, रेस्टुरेन्ट, डिस्को तथा बारबाट डिएसपी क्षेत्रीले मासिक असुल्दै आएका छन् । यतिले मात्र नभएर गत महिना भारतको दिल्ली हुँदै काठमाडौं चल्ने भारतीय यात्रुबहाक बसमा बरामत भएको अवैध १८ लाखको मोबाईल गायव भएको घटनालाई लिएर यति खेर महानगरीय आयुक्त कार्यालयले छानविन गर्दै आएको छ ।

भारतीय प्रहरीको समेत चासो रहेका उक्त मोबाइल काण्ड गुपचुप राखिएको छ । पक्राउ परेका गाडी र त्यसका चालकलाई तत्काल रिहा गरेर प्रहरीले बरामद मोबाईल मार्फत भन्सार कार्यालयमा बुुझाएको थियो । कानुनत अबैध सामनको ओसारपसार गर्ने साधन पनि अनुसन्धानमा तानिन्छ ।

तर गाडी तत्काल छाडेर मोबाइलको आधा मात्र भन्सार कार्यालय बुझाएको स्रोतको दाबी छ । भारतको राजधानी दिल्लीमा हराएको र चोरी भएको मोबाईल केही गिरोहले नेपाल भित्राउँदै आएका छन् ।

भारतमा पक्राउ पर्ने डरले यस्ता मोबाईल गिरोहले नेपाल भित्राउने गरेका छन् भने नेपालमा चोरी भएका बोबाईल भारत पु-याउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । यस्तै बोबाईल ओसार पसार गर्ने गिरोहलाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।