१२ कार्तिक २०८३, बिहिबार

प्रहरीको सुरक्षामाथि गोरेलाई शंका, सेनाको माग

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।

प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग-यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को आग्रहमा दुबई प्रहरीले रमेशलाई पक्राउ गरेको हो ।

रमेश पक्राउ परेको उच्चस्तरीय छानबिन समितिका डिएसपी भीष्म हुमागाईंले पुष्टि गरे । उनले भने, ‘रमेशविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो  ।

उनी पक्राउ परे भन्ने सुनिएको छ । यस विषयमा हामी बुझ्दै छौँ ।’ रमेशलाई नेपाल ल्याउन आवश्यक कागजात मिलाउने काम भइरहेको छ । केही दिनभित्रै उनलाई नेपाल ल्याइने समितिले जानकारी दियो ।