१२ कार्तिक २०८३, बिहिबार

नेपालमा ३६ पटकसम्म फेल भएका डाक्टरहरू

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाका अनुसार कतिपय डाक्टरले लाइसेन्स लिन ३६ पटकसम्म परीक्षा दिएका छन् ।

काउन्सिलले वर्षमा तीनपटक परीक्षा लिन्छ, यसरी १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि असफल हुने डाक्टरहरूले विश्वविद्यालयको सर्टिफिकेट भने बोकेर हिँडेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले भने, ‘चिकित्सक लाइसेन्स परीक्षा पास गर्न नसक्ने त छँदै छन्, बल्लबल्ल पास गर्नेले पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्दैनन् ।’

एमबिबिएस अध्ययन सकेर डाक्टरको सर्टिफिकेट पाए पनि मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ परीक्षा पास नगर्दासम्म स्वास्थ्य उपचारमा संलग्न हुन पाइँदैन ।

कसैले बिरामी जाँचेमा गैरकानुनी ठहरिन्छ । यसरी, जबर्जस्ती विदेश जाँदा अभिभावकको लगानी, विद्यार्थीको समय मात्र होइन, जनताको स्वास्थ्य पनि धरापमा पर्ने गरेको छ ।