२१ कार्तिक २०८३, शनिबार

डा. केसीको जीवन रक्षा गर्नुपर्छः उपनेता गच्छदार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ असार । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन आग्रह गर्नुभयो ।

उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताउनुभयो । उहाँले सरकारले राज्य सञ्चालनको प्रक्रियाविपरीत डा केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताउनुभयो ।

अध्यादेशअनुसारको विधेयक नआए संसद्मा काँग्रेसले सशक्त विरोध गर्ने उहाँले चेतावनी दिनुभयो ।

उपनेता गच्छदारले काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टी छोड्ने वा पार्टीबाट अलग हुने धारणा आफूले व्यक्त नगरेको र काँग्रेससँग भएको सहमति कार्यान्वयन लागि पार्टीभित्र आवाज उठाएको बताउनुभयो ।–रासस