२१ कार्तिक २०८३, शनिबार

संविधान पुनर्लेखन गर्नुपर्छ : संयोजक महतो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका गरेका हुन ।

उनले भने, ‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरुको भलाई हुँदैन, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर पुरानै छ, यो झण्डा उचालेर हामीले देशमा राजतन्त्रको पुनस्र्थापना गर्नेछौं, सबैलाई हाम्रो अभियानमा लागेर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा शिव सेना पार्टीका अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’को सरकार आगामी माघसम्म मात्रै टिक्ने दाबी गरेका छन् ।

कार्यक्रममा विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन् ।

संघीयताको अर्थ फुट्नु नभएर जुट्नु हो भन्दै महासचिव भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनः लेखन सभाको माग समेत गरेकी छिन् ।