२१ कार्तिक २०८३, शनिबार

डडेल्धुराको गन्याधुराका उत्कृष्ट अभिभावकलाई सम्मान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डडेल्धुरा, ३१ असार । डडेल्धुराको गन्याधुरा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका उत्कृष्ट अभिभावकलाई सम्मान गरेका छ । प्रतिवडा एकजना उत्कृष्ट अभिभावकलाई सम्मान गरेको हो ।

गाउँपालिका पाँच वटा वडाका पाँच जना अभिभावकलाई उनिहरुको कार्यको उच्च मूल्याकंन गरि सम्मान गरिएको जनाइएको छ । गाउँपालिकाभित्र २४ सामुदायिक विद्यालय छन् । आफ्ना बालबालिकालाई उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्न सहयोगि भूमिका निवार्ह गरेका उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने अभिभावकहरुमा सरस्वती माध्यामिक विद्यालय वडा नं. १ भात्काँडाका जीतराज अवस्थी, गणेश माध्यामिक विद्यालय वडा नं. २ वडालका मैनादेवी क्षेत्र रावल, जनचेतना आधारभूत विद्यालय वडा नं. ३ रुलाकोटका गौमति ठगुन्ना, गणेश आधारभूत विद्यालय वडा नं.४ मेड्डीका हर्कबहादुर धानुक र जनता आधारभूत विद्यालय वडा नं. ५ का टेकबहादुर ओली रहेका छन् ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका उत्कृष्ट अभिभावकहरुलाई सम्मान गरिएको शिक्षा विकास तथा समन्वय एकाई डडेल्धुराले जनाएको छ । पाँच वटा वडाहरुका पाँच विद्यालयका उत्कृष्ठ अभिभावकहरुलार्ई दोसल्ला, नगद तथा सम्मानपत्र समेत प्रदान गरि सम्मान गरेको जनाइएको छ ।

शैक्षिक सत्रभरिमा आफ्ना प्रारम्भिक तहमा पढिरहेका बालबालिकाहरुलाई पढाई, सिकाई, बोलाई, विद्यालय हाजिरी र लेखाईका साथै अतिरिक्त क्रियाकलापमा पनि सहयोग गरि उत्कृष्टता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अभिभावकलाई नगद एक हजार एक सय २५ रुपैयाँ, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको विद्यालय निरिक्षक तथा गन्याधुरा गाउँपालिकाका शिक्षा अधिकृत हेमन्तराज पन्तले जानकारी दिएका छन् ।

गएको शैक्षिकसत्रमा सबैभन्दा बढी नम्बर ल्याउने र सरसफाई, अनुशासन, निमित कार्य, गृहकार्य हाजिरि जस्ता कुराहरुमा उत्कृष्टता प्रदान गरेका नगरभित्रका बालबालिकाहरुका अभिभावकहरुलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरिएको उनले बताएका छन् ।