२१ कार्तिक २०८३, शनिबार

नारायणी नदीमा डुबेर बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ३१ असार । पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् ।

बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ । रासस