१२ कार्तिक २०८३, बिहिबार

यी भिभिआइपीलाई घर बनाएर सिंहदरवारभित्रै राखिने, भित्रभित्रै बन्यो योजना

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । सरकारले सिंहदरवारभित्रै मुख्य सचिवको आवास (क्वार्टर) बनाउने योजना गरेको छ ।

मुख्य सचिवको अध्यक्षतामा संघीय संसद् सचिवालयका महासचिव, प्रधान सेनापति, शहरी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत रहेको कमिटी गठन गरिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

स्रोतका अनुसार समितिले सिंहदरवारभित्रै ३ वटा ठाउँलाई सम्भावित क्षेत्र सिफारिस गरेको छ । अहिलेसम्म मुख्य सचिवलाई आवासको व्यवस्था गरिएको छैन ।

‘क्वार्टर बन्नेचाँहि निश्चित हो तर त्यसको डिजाइन र अन्य धेरै काम बाँकी छ’, स्रोतले भन्यो ।

मन्त्रीको लागि पुल्चोकमा मन्त्रिक्वार्टर बनाइएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि पुल्चोकको यही क्वार्टरमा बस्दै आएका छन् ।

सभामुख कृष्णबहादुर महरा, कामु प्रधान न्यायाधीश दीपकराज जोशी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा क्वार्टर दिइएको छ ।