२१ कार्तिक २०८३, शनिबार

लागूऔषध सहित दुई जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २९ असार । महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको जलेश्वर नगरपालिका ३ बाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ९ बस्ने २० वर्षिय चन्दन कुमार झा र ३५ वर्षिय जितेन्द्र कुमार साह रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन प्लस ४० वटा, नाईट्रोजन ट्याब्लेट १० वटा र ईन्जेक्सन फोर्ट ५ वटा फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।