२१ कार्तिक २०८३, शनिबार

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन राप्रपा (प्रजातान्त्रिक)को माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

राप्रपा (प्रजातान्त्रिक) ले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै बाढीपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

कुनै पनि पीडित नागरिकलाई सरकारले न्यायपूर्ण ढङ्गबाट राहत तथा उद्धार गर्नु पर्ने प्रवक्ता राजेन्द्र गुरुङद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फरक प्रसंगमा स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सरकारले अपहरण शैलीमा सोधपुछ र अपमान गर्ने प्रवृत्तिको आफूहरुले विरोध गर्ने प्रवक्ता गुरुङले जनाएका छन् ।