१२ कार्तिक २०८३, बिहिबार

गुटबन्दीले कांग्रेस कमजोर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्ट मिलेकाले नभई आफूभित्रै एकता नहुँदा पार्टी कमजोर हुन पुगेको बताएका छन् ।

कांग्रेस एकढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने उनको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा मंगलबार आयोजना गरेको विचारगोष्ठीमा कोइरालाले पार्टीभित्र आन्तरिक एकता भए कम्युनिस्टलाई परास्त गर्न सकिने प्रस्ट्याए । ‘हामीलाई कम्युनिस्टले हराएको होइन, हामी आफैँभित्रको गुटबन्दीका कारण हारेका हौँ,’ कोइरालाले भने,

‘हामी मिल्ने हो भने कसैले कांग्रेसलाई हराउन सक्दैन ।’ उनले पार्टीभित्र मौलाउँदो गुटबन्दी अन्त्यका लागि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

केन्द्रीय सदस्यहरू गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले दुईतिहाइको दम्भ देखाइरहेको बताए । अहिलेको कम्युनिस्ट सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै उनीहरूले कांग्रेसलाई त्यसको प्रतिवाद गर्न सक्ने गरी सशक्त बनाउनुपर्नेमा जोड दिए ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले निर्धारित मितिभित्रै संघको १२औँ महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए । उपाध्यक्ष उर्मिला थपलियाले अहिले कांग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न महामन्त्री कोइरालालाई अघि बढ्न आग्रह गरिन् ।