२१ कार्तिक २०८३, शनिबार

टिप हिरोबाट सम्मानित दनुवारले भनिन् : मानव बेचबिखन बिरुद्धमा लड्न थप हौसला प्राप्त भयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ असार । अमेरिकी पुरस्कार ईन पर्सन रिपोर्टर्स अवार्डद्धारा मानव बेचबिखनबिरुद्धको अभियान शक्ति समूह परिवारकी कार्यकारी निर्देशक सुनिता दनुवार सम्मानित भएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा शक्ति समूह परिवारले पत्रकार सम्मेलन गरेर अमेरिकी सरकारको प्रतिष्ठित प्रतिष्ठान टिप हिरो–२०१८ बाट सुनिता दनुवार सम्मानित भएको जानकारी गराएको हो ।

संस्थाकी अध्यक्ष बालकुमारी रानाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सम्मानित सुनिता दनुवारले उक्त सम्मानले अझै मानव बेचबिखनको बिरुद्धमा लड्नको लागि हौसला प्रदान गरेको सुनाईन् ।

उनले भनिन्, ‘आजको दिनमा पनि विभिन्न बहानामा नेपाली चेलीहरु संसारका विभिन्न देशमा पशुसरह बेचिन पुगेकी छन्, मलाई यो अवार्डले महिला शसक्तिकरण र प्रभावितहरुलाई पुर्नस्थापना गर्ने काममा लाग्न झनै ठूलो हौसला मिलेको छ, मानव बेचबिखनजस्तो अपराधिक काम निरुत्साहित हुनुको साटो बढिरहेको छ, हामी सबैले मिलेरमात्रै मानव बेचबिखनलाई समाप्त पार्न सक्छौं, स्वयम् हामीपनि प्रभावित व्यक्ति हौं, अनेकन बाहनामा नेपाली चेलीबेटीहरु भारत, खाँडी मुलुक र अन्य तेस्रो मुलुकहरुमा बेचिन पुगेकी छन्, यस्तो बिकराल स्थितिको अन्त्य गर्नुको विकल्प छैन् ।’

अस्थिर राजनीति, बेरोजगार, शिक्षाको कमी, प्रेम बिवाहजस्ता कारण नेपाली यूवतीहरु अत्याचारको भूमरीमा फसेको बताउँदै दनुवारले एकसय ५० जनाको उद्धार, ७ सय बढिको पुुनःस्थापना गरेको जानकारी दिएकी छन् ।

१८० देश मध्येबाट छानिएका १० जना समाजिक अभियन्ताहरुबाट सुनिता दनुवार टिप हिरो बन्न सफल भएकी हुन ।