
काठमाडौँ, २६ असार । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ ।
संखुवासभा जिल्ला अदालतले २०६१ चैत १० गते पाँच वर्षको वर्ष कैद ठहर भएका मकालु–९, स्थायी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षका आङतेम्बा शेर्पालाई ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो ।
शेर्पालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । २०५४ पुस १८ गते बेलुका मकालु–८, बस्ने एक महिलालाई शेर्पा समेत तीन जनाले जबरजस्ती करणी गरी फरार भएका थिए ।












प्रतिक्रिया