२१ कार्तिक २०८३, शनिबार

शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई २० रुपैयाँ दिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २५ असार । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ ।

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गर्नुभयो ।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिनुभयो । नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ । –रासस