२१ कार्तिक २०८३, शनिबार

स्थानीय तहमा महिला हिंसाविरुद्ध अभियान चाल्नुपर्नेमा जोड

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर: कृष्णराज गौतम/रासस

काठमाडौँ, २५ असार । महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसा न्यूनीकरणका लागि स्थानीय तहलाई सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।

महिला सुरक्षा दवाव समूह नेपालको २६ औँ वार्षिकोत्सवमा मन्त्री थापाले स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएको बताउँदै स्थानीय तहमा महिला हिंसाविरुद्ध अभियान चाल्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले महिलाको आर्थिक पहुँच विस्तार नहुँदासम्म उनीहरूमाथि हुने हिंसार दुर्व्यवहारको अन्त्य गर्न कठिन रहेको विचार व्यक्त गर्नुभयो ।

मूहका अध्यक्ष सावित्री थापा, अधिकारकर्मीद्वय मीना स्वर्णकार, मीना चन्दलगायतले मुलुकमा भएका राजनीतिक परिवर्तनमा महिला वर्गले ठूलो योगदान गरे पनि घर, परिवार तथा समाजबाट दुर्व्यवहार भोग्नुपरेकामा चिन्ता व्यक्त गर्नुभयो । –रासस