२१ कार्तिक २०८३, शनिबार

शसस्त्र प्रहरीद्वारा अवैध रुपमा ल्याइएका गाडीका पार्टस बरामद

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भैरहवा, असार २५ । शसस्त्र प्रहरीले अवैध रुपमा ल्याएका गाडीका पार्टस् बरामद गरेको छ ।

सशस्त्र तथा भन्सार सुरक्षा गस्तीको गाडी मोवाईल टोलीले रुपन्देहीको देवदह नगरपालिका ११ स्थित शुक्रौलीमा लु १ च ९५८९ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त शंकास्पद लागेपछि नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुशन्धान कार्यालय बुटवल बुझाइएको थियो ।

चेकजाँच गर्दा उक्त सामान ढुवानीकर्ता जय मातादी ट्रेडसको प्रतिनिधि राजेन्द्र शर्मा¸ राजश्व अनुशन्धान कार्यालय बुटवलको प्रतिनिधि र गुल्मको प्रतिनिधिको रोहवरमा चेकजाँच गर्दा विजक र भन्सार प्रज्ञापनपत्र अनुसार टोव पार्टस ३०० थान भनि उल्लेख गरीएकोमा सो नभएर ग्याँस रेगुलेटर भएको¸गिलास बिट ७२० के.जी. सोही अनुसार रहेको र लेडिज ब्रा ९५०० पिस हुनुपर्नेमा १९३७४ रहेको पाइएको थियो ।

उक्त गाडीमा भएको सामानको भन्सार मूल्य भन्सार प्रज्ञापनपत्र अनुसार रु.६ लाख ७६ हजार पाँच सय ३१ भएको र राजश्व अनुशन्धान कार्यालयले प्रतिनिधि राजेन्द्र शर्मासगँ बयान लिने कार्य नसकिएको हुदाँ निजलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको भन्सार सुरक्षा गुल्म डण्डाका डिएसपी सूर्य सेनले जानकारी दिए ।