
पर्सा, २४ असार । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित इनरुवाबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
भारत घर बताउने २५ वर्षिय उपेन्द्र प्रसाद कुसुहवालाई सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म विरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
उक्त गुल्मबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज कुसुहवालाई जाँच गर्दा उनको साथमा डाईजोपाम २ सय वटा, नोफिन २ सय वटा र फेनारगन २ सय वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कुसुहवालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।












प्रतिक्रिया