२१ कार्तिक २०८३, शनिबार

करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २२ असार । करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा शुक्रबार दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने क्रममा सिधा पार्दै गरेको रडमाथिको बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरी का ३५ वर्षीय शम्भु मण्डलको मृत्यु भएको छ भने स्थानीय श्याम कापर घाइते भएका छन् ।

घाइते कापरको मिर्चैयास्थित रेखा नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सिरहाकै धनगढी नगरपालिका–६ स्थित गणपैत यादवको घरमा काम गरी बस्ने उदयपुर गढी गाउँपालिका–८ का ४० वर्षीय कान्छा भन्ने चन्द्रबहादुर आलेमगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पानी तान्ने मोटर छुँदा करेन्ट लागेर आलेमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । –रासस