काठमाडाैं, २२ असार । बैठकमा प्रदेश र जिल्ला कमिटी एकीकरण कार्यदलमा रहेका स्थायी समितिका अधिकांश नेताले विधानमा प्रस्ताव गरिएको कमिटीको संख्या बढाउन माग गरेका छन् ।
नेकपाको विधानमा प्रदेश कमिटी १ सय ७५ तथा जिल्ला कमिटी १ सय २५ सदस्य बनाउन प्रस्ताव छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
तर, बैठकमा बोल्ने अधिकांश नेताले अन्तरिमकाल भएकाले कम्तीमा २ सय सदस्यभन्दा बढीको प्रदेश र १ सय ५० सदस्यभन्दा बढीकै जिल्ला कमिटी बन्ने गरी विधान सम्पादन गरेर प्रकाशन गर्नुपर्ने माग गरेका थिए ।
स्थायी समिति सदस्य बेदुराम भुसालले प्रस्तावित संख्या बढाउने गरी नेताहरूले सुझाब राखेको जानकारी दिए । ‘प्रदेश र जिल्लाको संख्या थप्दा राम्रो हुन्छ भन्ने सुझाब आएको छ,’ भुसालले भने, ‘नेताहरूको सुझाबलाई ध्यानमा राखेर केन्द्रीय सचिवालयले नै सबै काम गर्नेछ ।’
बैठकमा नेता अमृत बोहराले पार्टी केन्द्रीय अनुशासन आयोग स्वायत्त हुनुपर्ने, आयोगको अध्यक्ष स्थायी समितिको पदेन सदस्य हुनुपर्ने तथा आयोगको संख्या तत्कालीन एमालेकै कायम गर्नुपर्ने सुझाब राखेका थिए ।














प्रतिक्रिया