२१ कार्तिक २०८३, शनिबार

एकै गाउँपालिका भित्र तीन सय ६२ बालबालिका जोखिममा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मीना बुढाथोकी

सल्यान,२१ असार । सल्यानको दार्मा गाउँपालिकाभित्र ३ सय ६४ जना बालबालिका जोखिममा रहेको एक तथ्यांकले देखाएको छ ।

दलित विकास समाज सल्यानको साझेदारीमा संचालित एकिकृत परियोजनाले संकलन गरेको तथ्यांकमा ३ सय ६४ जना बालबालिका जोखिमा रहेको पाईएको एकीकृत परियोजनाका कार्यक्रम संयोजक गुमानसिं नेपालीले बताए ।

जोखिममा रहेका बालबालिका मध्ये अपाङ्गता भएका ६५ जना, बुवाको मृत्यु भएका९१ जना, आमाको मृत्यु भएका २६ जना, आमा बुवा दुबै गुमाएका २० जना, बुवा वेपत्ता भएका ४ जना, बुवा आमा दुबैले छोडेका ४९ जना, बुवाले छोडेका ३ जना, आमाले छोडेका १ जना, कुपोषित २० जना, वेवास्तामा परेका ४ जना र अत्ति गरिव परिवारका ८१ जना बालबालिका रहेको संयोजक नेपालीले बताए ।

जोखिममा रहेका यस्ता बालबालिका लाई दार्मा गाउँपालिका, दलित विकास समाज, सेभ द चिल्ड्रेन को सहयोगमा विगत ६ महिनाको अवधिमा १ सय ७२ जना बाल बालबालिका लाई सहयोग पु-याएको गाँउपालिकाले जनाएको छ । स्थानीय स्तरमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहकार्य संग बालबालिका लाई सहयोग गरेको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए ।

‘हामीले जोखिममा रहेका बालबालिका पहिचान गरि आवश्यक सहयोग गर्ने सानो प्रयास गरेका छौं, उनले भने ।’ जोखिममा रहेका ति बालबालिका लाई आवश्यकता अनुसार औषधी उपचार, खाद्यन्न, लत्ताकपडा र कानुनी उपचारका लागि सहयोग प्राप्त गरी बाल अधिकारको संरक्षण र सम्बद्र्धन गरिएको उनको भनाई छ ।

यस गाउँपालिकाले बालबालिका भोलिका कर्णधार मात्र हैनन् आजका साझेदार पनि हुन भन्ने उद्देश्यका साथ पहिलो प्राथमिकता बालबालिकामा लगानी गर्न र बालमैत्री स्थानीय शासन लाई अवलम्बन गर्न आफ्ना नीति तथा कार्यक्रममा समेटेर लैजाने योजना समेत बनाएको अध्यक्ष केसीले बताए ।

जोखिममा रहेका बालबालिका लाई आउन सक्ने जोखिम बाट जोगाउन र आपतकालिन अवस्थामा बालबालिका लाई सहयोग पु¥याउनका लागि गाउँपालिका भित्रका ६ वटै वडा र गाउँपालिका स्तरीय आपतकालिन बाल उद्धार कोषको स्थापना समेत गरिएको दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले बताए ।

यस गाउँपालिकाले बाल संरक्षण नीति र बाल विवाह न्यूनिकरण रणनीति योजना २०७४ गाउँ सभाबाट पारित गरी कार्यान्वयनमा ल्याएको र बाल सहभागिता कार्यविधि, बाल क्लब गठन र सहजीकरण निर्देशिका र आपतकालिन बाल उद्धार कोष संचालन कार्यविधिको मस्यौदा तयार गरी छलफलको क्रममा रहेको दार्मा गाउँपालिका उपाध्यक्ष तथा मस्यौदा समितिका संयोजक टिका शर्मा वलीले जनाईन् ।

बालबालिका माथि हुने हिंसा, दूब्र्यवहार, शोषण र वेवास्ता लाई कम गर्न र यस्ता हिंसा बाट पिडित बालबालिकाको पूनस्र्थापना र संरक्षण गर्नको निम्ति दलित विकास समाज सल्यानले दार्मा गाउँपालिका र वडा कार्यालयहरु सँग समन्वय सहकार्य गर्दै स्थानिय तहमा हुने गाउँपालिका स्तरको गाउँ बाल संरक्षण समिति र वडा बाल संरक्षण समिति, गठन गरी परिचालन गर्दै आईरहेको छ ।

स्थानीय तहमा गठन भएका बाल संरक्षण संरचनाहरुको क्षमता बृद्धी गरी जोखिमामा रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने तथा बालबालिकालाई सहयोग पु¥याउनको लागि गाउँपालिका र वडा स्तरमा शिफारिस समिति गठन गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा शर्माले जानकारी दिइन् ।