१२ कार्तिक २०८३, बिहिबार

विमानस्थलमा तस्करको सेटिङले सुरक्षामा चुनौती

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तस्कर र गैरकानूनी काम गर्ने गिरोहको अखडा बन्ने खतरा बढेको छ ।

व्यापारीका रुपमा विमानस्थ प्रवेश गर्नेहरु गैरकानूनी र सम्झौता विपरितका काम गर्न मात्र लालायित हुन्छन् ? अनि तिनै गलत धन्दामा रमाइरहेका कथित व्यापारीहरुलाई नै पर्यटनमन्त्री रविन्द्र अधिकारीदेखि महानिर्देशक संजिव गौतमसम्मको संरक्षण र आशीर्वाद किन रहन्छ ? अहिले विमानस्थलभित्रका कर्मचारीहरुले बारम्बार सोधिरहने प्रश्न हो यो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

राष्ट्रिय सुरक्षादेखि विदेशीले नेपालप्रतिको धारणा बनाउने समवेदनशील स्थान एयरपोर्टमा पानी बेच्ने स्वीकृति लिएर रक्सी, चिसो पेय पदार्थको अनुमति लिएर केक र बेकरी आइटमका नाममा प्याकिंग गरिएका खाद्य सामग्रीका कारोबार दिनहुँ भइरहेको छ ।

केही वर्षअघि प्याक गरिएको खाद्य सामग्रीको सेवा पु-याउने नाममा होटल एभरेष्टका मालिक मशकुर अहमद लारीले जर्मन एयरपोर्टमा सयौं केजी चरेश झारेका थिए । अहिले पनि एयरपोर्टमा बेच्न नपाइने भनी प्रष्ट उल्लेख गरिएका खाद्य सामग्रीहरुको प्याकका पोकाहरु बनाएर व्यापारी सुवास श्रेष्ठले दैनिक कारोबार गरिरहेका छन् ।

सुन तस्करी, गलत धन्दाहरु र मानिसको समेत तस्करीका घटना बारम्बार सार्वजनिक भइरहँदा पनि नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको संरक्षणका कारण श्रेष्ठले गर्ने गलत कार्यका बारेमा अनुगमन हुन सकेको छैन । प्रहरीसँगको मिलोमतोकै कारण उनले खाद्य सामग्रीका नाममा भित्र्याउने कुनैपनि प्याकिङ्गहरुको जाँच हुने गरेको छैन ।

बरु सुरक्षा र कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीसहित खटिएका तिनै प्रहरीहरु फुर्सद मिलाएर श्रेष्ठकै कफी पसलमा झुम्मिइरहेका हुन्छन् । एक/दुई कप कफीमा भुलाएर सारा काम तमाम गरिरहेका श्रेष्ठले ड्युटीमा खटिएका र उनको पसलमा जाने सबै प्रहरीहरुलाई पद अनुसारको मान पु-याइरहेकै छन् ।

प्रहरीहरुले पनि अध्यागमनबाट अघि बढेका यात्रुहरुलाई बिश्राम गर्न नदिई विमान जानेबेला भयो, अन्तिम सुरक्षा जाँज गरी उतै गएर बिश्राम गरी बस्नुस भनी श्रेष्ठको पसल रहेको स्टेराइल कक्षमा सम्झाएको झै गरी पठाउने गरेका छन् ।

त्यहाँ पुगेपछि धेरै बेर कुर्नुपर्ने बाध्यताका कारण अधिकांश यात्रुहरुले चिया, कफी वा चिसो पेय लिने गर्दछन् । जम्मा लगानी ३० रुपैयाँ पर्ने कफी प्रहरीलाई खुवाएर तिनै प्रंहरीबाट प्रतिक्षा कक्षमा पु¥याइएका यात्रुलाई भने श्रेष्ठले ३ सय रुपैयाँमा बेची दिनदहाडै लुटिरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको प्रस्थानतर्फ जहाँबाट यात्रुहरु सबै सुरक्षा जाँच सिध्याएर उड्नका लागि प्रतिक्षारत हुन्छन्, त्यहिं नै व्यापारी श्रेष्ठले सम्झौता विपरितका प्याक गरिएका खाद्य सामग्रीका नाममा पोकाहरु पु-याइरहेका हुन्छन् ।

ती पोकाहरु जो कोही यात्रुसम्म पनि सहजै पहुँच हुने र विमानमा प्रस्थान गर्दा पु¥याउन सकिने भएकाले सुरक्षा चुनौती थपिएको बिमान कम्पनीमा कार्यरत एक कर्मचारी बताउँछन् । श्रेष्ठका सम्झौता विपरितका यस्ता कार्यका बारेमा नागरिक उड्डयन प्राधिकरण देखि विमानस्थल प्रशासनमा परेका अनगिन्ति उजुरीप्रति व्यवस्थापनकै कुनै पनि कारबाही प्रक्रिया आगाडि बढाउन सकेको छैन ।